मेयर चौधरी विरुद्ध लाहानमा दलित आन्दोलन ।।।

0Shares

मेयर चौधरी विरुद्ध लाहानमा दलित आन्दोलन ।।।

विनोद मण्डल, मंसिर १६। सिरहाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी पछिल्लो समय विवादित बन्दै आएका छन ।

उद्दघाटन र शुभकामना आदानप्रदान कार्यक्रममा बढी समय खर्चिदै आएका मेयर चौधरीको कार्यकालमा लहान नगरपालिकाको विकास ठप्प रहेको अवस्था छ ।

लाहान नगरपालिकाको मुख्य सडक लगाएत ग्रामीण सडकहरू विकासको पर्खाइमा एकातिर रहेको देखिन्छ भने अर्कोतिर खानेपानी, शिक्षा स्वास्थ्य र सरसफाइको दृष्टिकोणले लहान नगरपालिका अत्यन्त पछाडी परेको अवस्था छ ।

फोहोर व्यवस्थापनको नाममा अदुरदर्शिता कायम गर्दै आएका मेयर चौधरीले लहान वाडा नम्बर १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गर्न खोजेपछि दलित आन्दोलन लाहानमा चर्किएको छ ।

संयुक्त दलित संघर्ष समिति यतिबेला मेयर चौधरी विरुद्ध कडा सडक आन्दोलनमा उत्रिएका हुन् ।

मेयर चौधरीले मोचीको नाममा रहेको जग्गा जवरजस्ती कब्जा गरी फोहोर व्यवस्थापनको लागि भौतिक संरचना निर्माणको प्रक्रिया अगाडि बढाए पछि उनी विरुद्ध प्रदर्शन थालिएको हो ।

जग्गाको विरोध चल्दै गर्दा कात्तिक २३ गते उक्त जग्गामा दुतीलालका छोराहरुले घर बनाउँदै गर्दा शक्तिको आडमा घरलाई लहान नगरपालिकाका मेयर चौधरीको निर्देशनमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीको आडमा आगो लगाईएको दलित नेता राम गणेश दासले बताउनु भएको छ ।

घरमा आगजनी रोक्न खोज्दा स्थानीय दलित महिलाहरुलाई प्रहरीले कुटपिट समेत गरेका थिए ।

दलित आन्दोलनले मेयर चौधरी विरुद्ध चर्का नारा लगाई मेयर चौधरीको पुतला समेत दहन गरेको छ ।

दलित आन्दोलनको वास्तविक चित्रण गर्दै बोल्दा नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्तालाई समेत धम्काईएको छ ।

सकारात्मक भन्दा नकारात्मक चिन्तन लिएर अघि बढिरहेका मेयर चौधरीले वास्तविक स्थितिको मूल्यांकन गर्न जरुरी रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *