मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न ।।।
एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल, मंसिर १० । सिरहाको धनगढीमाई ५ स्थित गोठ चौकमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ सागरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्य तथा वीर युवा क्लबको आयोजनामा आयोजित शिविरमा स्थानियले आँखाको चेक जाँच गराएका हुन ।
आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आथित्यमा उद्घघाटन गरी शिविर सञ्चालन गरिएको थियो ।
संचालित आँखा शिविरमा सुखीपुर नगरपालिका ,गोल बजार नगरपालिका , बरियारपट्टी गाँउपालिका र धनगढीमाई नगरपलिका , लगायत क्षेत्रका बासिन्दा तथा विधार्थी गरी ३६५ जनाको आँखा जाँच गरिएको कल्बले जनाएको छ ।
आँखा जाँच गरिएकामध्ये ९५ जनामा मोतिबिन्दुको बिरामी फेला परेको आयोजक कल्वका अध्यक्ष विरेन्द्र यादवले जनाए । यस्तै आँखामा समस्या देखिएका एक सय जनालाई थप उपचारका लागि अस्पताल जान सुझाब दिएको बुझिएको छ ।





