युट्युबर मनोज मानव पक्राउ

0Shares

युट्युबर मनोज मानव पक्राउ

थाङ्मीचागु डटकम संवाददाता
बिहीबार, २३ कात्तिक २०८०, ११ : २२

काठमाडौँ । युट्युबर मनोज मानव पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई बुधबार राति पक्राउ गरेको हो । 

मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने महतोले व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिको विषयवस्तु प्रकाशन तथा प्रशारण गरेको, अन्य व्यक्तिसँगको तस्बिर र भिडियो जोडेर चरित्रहत्या गरेको भन्दै ब्यूरोमा उजुरी आएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 

मानवलाई म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

मनोज मानव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *