सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, ३७५ घाइते भएको छ ।।।
भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, ३७५ घाइते भएको छ ।।।
थाङ्मीचागु डटकम
२०८० कात्तिक १८ गते
१८ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् ।
गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।
सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा सरकारको आधिकारिक सूचना दिएको छैन ।
जाजरकोट भूकम्प
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





