नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कांग्रेस कमजोर भए अहिलेको प्रणालीमाथि नै प्रश्न उठ्छ : प्रकाशमान सिंह
कांग्रेस कमजोर भए अहिलेको प्रणालीमाथि नै प्रश्न उठ्छ : प्रकाशमान सिंह
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् ।
शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्रनम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले लोकतन्त्र बलिया हुनका लागि कांग्रेस मजबुत हुनुपर्ने बताए ।
२०४६ को परिवर्तन आएकोमा खुशी नभएकाहरु अहिले पनि समाजमा विद्यमान रहेको उनको भनाइ छ ।
उनले नेपाली कांग्रेसलाई विधि अनुसार चलाउनुपर्ने भन्दै संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए ।
नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिरसमेत गरे । उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था भने आएको बताए ।
नेपाली कांग्रेस प्रकाशमान सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






