नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
संगिता नवजात शिशुसहित १८३४ दिनको जेल चलान ।।।
संगिता नवजात शिशुसहित १८३४ दिनको जेल चलान ।।।
सिराहा २९ साउन । सिराहा जिल्लाको गोलबजार नगरपालिका वाडा नंवर ४ की संगिता कुमारी महतो नवजात शिशुसहित बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा १८३४ दिनको जेल सजाय भोगिरहेकी छिन ।
बैँकिक कसूर मुद्दामा उच्च अदालत जनकपुरबाट अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगिता कुमारी महतोलाई अपराध सहिता २०७४ को दफा ४१(३) बमोजिम ४ प्रतिशतले क्षतिपूर्ति भराउने हिसाबले अदालतको फैसला कार्यान्वयन दस्ता टोलीले २०७९/१०/२ मा पक्राऊ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको च न १४१५ को पत्रद्वारा अदालतमा पेस गरिएको थियो ।
करिब ११ दिने शिशुलाई सडक छेउमा रहेको घरको अगाडि स्याहार सुसार गर्दै गर्दाको अवस्थामा संगिता महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नावालक दुई सन्तानलाई अत्यन्त कहाली लाग्दो परिस्थितिमा छोडेर कारागार जीवन बिताउँदै आएकी संगिताको घरमा बेहाल अवस्था रहेको देखिन्छ ।
महाजनहरुले मानसिक तनाब दिन थालेपछि श्रीमानको बेइजती देख्न नसकी उनले जनता बैंक लिमिटेड गोलबजार शाखामा रहेको उनको नामको खाता नंबर १०९१०४०५३२०२८०१ मा साहुले भुक्तानी पाउने गरी मिति २०७६/६/१० मा रु ५,५०,००० रकमको चेक नंवर ०७०६४९७९ को चेक साहुलाई दिएको थियो तर चेक अनुसारको रकम खातामा रकम नभएपछि उनलाई बैंकिङ कसुर मुद्दा चलाइएको थियो ।
उच्च अदालत जनकपुर संयुक्त बाणिज्य ईजलास , ईजलास नंवर ५ मुद्दानंवर-०७७-CB–०००१ निर्णय नंबर ७ अनुसार संगिता कुमारी महतो १८३४ दिनको कारागार जीवन भोग्दै आएकी हुन ।
सिरहाको पत्रकारको एक टिम महतोको घरमा पुगेर उनका श्रीमान दु:खी महतोसंग घटना सम्बन्धि विवरण लिएको सामाचार बाहिरिएको भोलिपल्ट पत्रकारलाई मुद्दा हाल्ने भन्दै फोनबाट धम्काईएको थियो ।






