मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राऊ ।।।

0Shares

मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राऊ ।।।

विनोद मण्डल, साउन १५ । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने मञ्जु रावलको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

वकिललाई भेट्न मसुरीया गएकी आमा मञ्जु रावलको मोबाईल बन्द हुँदा खोज तलास गरीदिन ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा छोराले निवेदन दर्ता गराए पछि घटनाको अनुसन्धान गर्ने क्रममा दोषीहरू समातिएको हो ।

जग्गाको बिषयलाई लिएर निज मञ्जु रावलको हत्या गर्ने योजना बनाई जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने बर्ष ४० कि गोमा रावल,बर्षा रावल, बर्ष २४ को भरत रावल, जिल्ला अछाम पञ्चदेवल विनायक न.पा. ६ तोलि बस्ने बर्ष ३७ कि सरिता रावल समेतले हत्या गरेको भन्ने खुल्न आई निजहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरीएको हो ।

र मिति २०८०।०४।१४ गते १५:३० बजेको समयमा प्रतिबादी सरिता रावलको वयान तथा निजले देखाएको स्थान जिल्ला कैलाली मोहन्याल गा.पा.वडा नं. ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको र केही भाग वरपर छरीएर रहेको हड्डी (कंकालहरु) टुक्रा-टुक्रा फेला परेको, सोहि हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवालबाट निज मृतक मञ्जु रावलको छोरा बिवेक रावलले मेरी आमा मञ्जु रावलको कुर्ता शुरुवाल हो भनि सनाखत गरेको र थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *