नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
सिराहा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न ।।।
सिराहा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न ।।।
विनोद मण्डल, साउन १३ । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाईकाे जिरोमाइलमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आपसी क्षलफल भेला सम्पन्न भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिरहाद्वारा आयोजीत कार्यक्रममा उक्त पार्टीका सम्पूर्ण नगर,गाउँ सभापति तथा भातृ संघसंगठनका सभापतिहरुको भेलामा सहभागिता रहेको थियो ।
पार्टी सभापति रामचन्द्र यादवको निवासमा आयोजीत कार्यक्रममा विभिन्न पालिका अन्तर्गत रहेका पार्टीका सक्रिय सदस्य तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
समय परिस्थिति अनुसार पार्टीको कार्यक्रमलाई ग्रामिण स्तरसम्म समिति बिस्तार गर्दै आम जनताकाे सरोकारको विषयमा पार्टीको नेतृत्व पक्तिले गंभीर रूपमा लिएर अगाडि बढ्ने लगायतका समसमायिक विषयमा छलफल गरिएकाे थियाे ।
पार्टी सभापति रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न टोल बस्तीवाट अाएका नेता तथा कार्यकर्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।






