मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
दमाई दलितले बनाउदै गरेको घर भत्काउदै ब्राह्मणहरु, लगाएको बालीनाली समेत उखेलीयो ।।
दलितले बनाउदै गरेको घर भत्काउदै ब्राह्मणहरु, लगाएको बालीनाली समेत उखेलीयो
बझाङ जिल्लाको वित्थडचिर गाउँपालीका वडा नम्बर ७ मा दलितले आफुभन्दा माथि घर बनाएर बस्न लागेको भन्दै घर भत्काईएको छ ।
यहीँ १० गते ११ बजेको समयमा घर बनाइरहेको बेला गाउँका ब्राह्मणहरुले घर भत्किएको र लगाएको बालीनाली समेत उखेलीयदिएको पिडित पुट्के ओखेडाले बताए ।
बिगत २५ बर्ष देखि त्यो जग्गा चलनभोग गर्दै आएको छु । मैले अर्केा मान्छेबाट जग्गा किनेको हो । अहिले घर बनाउन सुरु गरेको थिए । त्यसठाउका ब्राह्मणहरु आएर त डुम दलित हामी भन्दा माथि हुनै सक्दैन , तलाई यहाँ बस्ने अधिकार छैन । त्यरो बुहारी डुमनी भन्दै अपशब्द गालि दिदै अन्य स्थानमा लगाएको बालिनाली पनि फडानी गरेर लिएको उनले बताए ।
पिडित ओखेडाका अनुसार गाउँपालीकामा रहेको आफ्नो कित्ता नम्बर ५ सय २ मा घर बनाएको स्रोतको दावी छ । अहिले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको र दोसि माथि कडा कार्वाही गरिने डिएसपी जागेश्वर भण्डारीले बताएका छन् । अहिले पिडित सदरमुकाम चैनपुरमा न्यायको लागि आएको करन ओखेडाले बताए ।






