मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
लहान नगरपालिकाद्वारा किशान परिचय पत्र वितरणको थालनी ।। ।
लहान नगरपालिकाद्वारा किशान परिचय पत्र वितरणको थालनी ।। ।
बिनोद मण्डल जेठ २५ । सिरहाको लहानमा किसान परिचय पत्र वितरण कार्यक्रमको औपचारिक शुरुवात भएको छ ।
कृषि संयोजक बद्रीनारायण चौधरी ज्यूको अध्यक्षता र लाहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी ज्यूको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा करिब ३०० किसानहरूको सहभागिता रहेको थियो ।
कृषि विकाश शाखा लहानको आयोजनामा आयोजित कार्यक्रममा करिब ११ जना स्थानीय किसानहरुलाई परिचय पत्र वितरण गर्दै मेयर चौधरीले किशान परिचय पत्रको औपचारिक शुरुवात गर्नू भएको हो ।
लहान नगरपालिकाको वाडा नंबर १२ को भोटिया टोल पडरीयाबाट किसान परिचय पत्रको पहिलो वितरण थालिएको नगरका कृषि विकास अधिकृत प्रकाश शाह हलुवाई ज्यूले वताउनु भएको छ ।
लहान नगरपालिकाले बास्तविक किसानहरूको पहिचानको लागि थालनी गरेको परिचय पत्र वितरण कार्य पालिकाभित्रका बिभिन्न वडाहरूबाट सहजै अब लिन सकिने बुझिएको छ ।





