मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
भाग दौडमा अधिकृत यादव ।।।
भाग दौडमा अधिकृत यादव ।।।
बिनोद मण्डल जेठ २३ । मधेश प्रदेशको सर्लाही जिल्लाको ब्रहमपुरी गाउँपालिकाबाट बर बुझारथ नगरी आएका प्रमुख प्रशासकिय अधिकृत सैलेश यादब भ्रष्टाचारको फायल खुल्ने डरले भाग दौडमा रहेका छन ।
मसान्तको समयमा सर्लाहीको ब्रहमपुरी गाउँपालिकाबाट भागेर आएका अधिकृत सैलेश यादब सिरहाको बिष्णुपुर गाउँपालिकामा हाजिर हुँदासम्म उनमा कूनै सुधार देखिएको छैन ।
ब्रहमपुरी गाउँपालिकामा करिब ९ महिनासम्म आफ्ना हैकम चलाउँदै आएका अधिकृत यादब आफ्नो मनोमानी ढंगले आफुखुसी पैसा चोख्याउन माहिर रहेको देखिन्छ ।
उनले सर्लाहीको व्रहमपुरी गाउँपालिकाबाट बिना हरहिसाब, र बर बुझारथ नगरी भागेको गाउँपालिका अध्यक्ष राम पदारथ साहले तेलिले आरोप लगाएका छन ।
अध्यक्ष साहले भन्नुहुन्छ ‘असार मसान्तको समयमा बिना रमाना लिई भागेपछि सिडियो र संघिय मन्त्रालयमा पटक-पटक मेरो अधिकृत खोइ ? भनी खोज्दै जानकारी गराई रहे र बुझ्न कोसिस पनि गरे तर अहिलेसम्म उनको कूनै अत्तोपत्तो नरहेकोले कार्यालयमा रहेको दराजको ताल्चा फुटाउन लागेको ” उनले बताए ।
अध्यक्ष ज्यूले अघि थप्दै भन्नुहुन्छ ” उनले यो गाउँपालिकाबाट अनाहकमा मोटो रकम खाएर गएपछि हर-हिसाब बरबुझारथको लागि पटक-पटक ताकेता गर्न खोज्दा उनले प्रयाेग गर्दै आएको फोन नउठाउने र अटेरी गरिरहेको ” आरोप समेत लगाए ।
अधिकृत यादब देखि दिक्क र पिडित भएका गाउँपालिका अध्यक्ष साहले मैले आफ्नो जिन्दगीमा यस्तो अधिकृत यादब जस्तो भ्रष्ट मानसिकता भएको कर्मचारी अहिलेसम्म आफूले नदेखेको दुखेसो पोख्नु भएको छ ।
कमिसन बिना काम नगर्ने यादवको रवैयाले दिक्क भएको स्थानियको आरोप रहेको छ ।
उनलाई पालिका अध्यक्ष ज्यूले अहिले सम्म कहाँ छन ? भनि समाजिक सन्जालमा खोज्दा मोटो माला लगाएको देखेर हैरान र चकित भएकाे बताईरहने उनले मेरो गाउँपालिका जस्तै त्यहाँ पनि खाएर भाग्न देर लगाउदैन भनि सतर्क हुन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नारायण यादबलाई फोनमा सम्पर्क गर्न खोजिरहेको बताए ।
अधिकृत यादब आएदेखि सिरहाको बिष्णुपुर गाउँपालिकामा हालसम्म सन्चालित रहेका योजनाहरुको न कुनै फ्लेक्स बोर्ड,न कुनै योजनाको नाऊ , के कसरी र कति बजेट हो भनि नदेखिने गरी सर्बसाधरणलाई गुमराहमा राखि योजनाको कामहरु सन्चालित गराएका छन ।
जुनसुकै शिर्षक भएपनि के कति र कसरी सन्चालित छन भने बुझ्नु पर्दा सुचना नै माग गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको आस्था रहेको देखिन्छ ।
हाल सन्चालनमा रहेको योजना र कार्यक्रमहरु गुमराहमा राख्नुको एउटै कारण हो कमिसन भनी स्थानियको आरोप छ ।
ब्रहमपुरी गाउँपालिकाको सन्दर्भमा अधिकृत यादब सङ्ग बुझ्न खोज्दा उनको फोन उठ्दैन ।






