मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
हुँडारलेझैँ ज्युँदै खान लागेका थिए, एमालेलाई जोगायौं: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई हुँडारहरूको आक्रमणबाट जोगाएको टिप्पणी गरेका छन्।
मंगलबार पार्टी कार्यालय च्यासल, ललितपुरमा आयोजित जनसंगठनको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेलाई पछिल्लो दुई वर्ष ज्युँदै खाएर सिध्याउने स्थितिबाट जोगाएको बताएका हुन्।
‘दसै दिशाबाट हमला भयो। हामीमाथि ज्यान लिने किसिमको हमला भयो। तलबाट, माथिबाट, वर्तिर, पर्तिर, आग्नेय, नैऋत्य, वायव्य, इशान, पूर्व, पश्चिम, उत्तर दक्षिण, कुनाकुना कतैबाट पनि बाँकी नराखेर चौतर्फी हमला भयो,’ उनले जनसंगठनका नेताहरू सामु भने।
हुँडारको बथानले जस्तो कसैले खुट्टा, कसैले हात टोकेको उनको टिप्पणी थियो।
‘कसैले टाउकातिर झम्टन्छ हिँहिँहिँ कराएको छ, झम्टिएको छ, टोकेको छ, ज्युँदै खाएर सिध्याउन खोजेका थिए, त्यो विचित्र स्थिति हामीले बेहोर्नुपरेको थियो। त्यो स्थिति बेहोरेर त्यस प्रतिकूल परिस्थितिबाट यी दुई वर्ष हामीले पार्टीलाई जोगायौं,’




