मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
प्रथम रामग्राम सांस्कृतिक मेला २०८० जेठ ९ गतेबाट सुरु !!!
प्रथम रामग्राम सांस्कृतिक मेला २०८० जेठ ९ गतेबाट सुरु
सुरेश यादव,नवलपरासी/जेठ ०६ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रथम रामग्राम सांस्कृतिक मेला २०८० यहि जेठ ९ गते देखि २० गतेसम्म सुरु हुने भएकाे छ । रामग्राम नगरपमलिका वडा नं २ वडा अध्यक्ष निरज राैनियारकाे अध्यक्षतामा शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे छ ।

रामग्राम नगरपालिका वडा नं २ काे आयाेजना तथा जय माता दी एम्युजमेन्ट एवम् ईभेन्ट म्यानेजमेन्ट प्रा. लि बुटवलकाे व्यवस्थापन र रामग्राम नगरपालिकाकाे संरक्षकमा परासीकाे हाटबजार मैदानमा मेलाकाे आयाेजना गरिएको वडा नं २ का वडा अध्यक्ष राैनियारले जानकारी दिनुभयाे । मेलामा छिमेकी मुलुक भारतबाट भाेजपुरी चर्चित गायक तथा कलाकारहरु र नेपालका चर्चित गायक तथा कलाकारहरुकाे बेजोड प्रस्तुति रहने साथै स्थानीय कलाकार लगायत हरेक दिन दंगल कुस्ती,डान्स आइडल,बाल उध्धान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक स्टलहरु समेत राखिने पत्रकार सम्मेलन मार्फत मेला व्यवस्थापक राजविर जयसवालले जानकारी दिनुभयाे । मेलामा हरेक समुदायको धर्म ,संस्कृति,भेष भुषा जगेर्ना गर्ने उद्देश्यका साथ मेलाका आयाेजना गरिएको आयाेजकले जनाएको छ । मेलामा आउने सर्वसाधारणका लागि रु ७०/- , विधार्थीका लागि रु ५०/- र जेष्ठ नागरिक,अपांग तथा ५ वर्ष मुनिका बालबालिकाकाे नि:शुल्क टिकटकाे व्यवस्था रहेकाे रामग्राम – ४ का वडा अध्यक्ष मदन यादवले बताउनुभयो ।

पत्रकार सम्मेलनमा रामग्राम वडा नं ४ का वडा अध्यक्ष मदन यादव,वडा नं ६ विद्यया सागर त्रिपाठी,वडा नं ११ बा वडम अध्यक्ष धनिराम यादव र वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव लगायतले बाेल्नुभएकाे थियाे भने कार्यक्रम संचालन पत्रकार माेहन पाैडेलले गर्नुभएकाे थियाे ।





