लघुवित्तीय सस्था विरुद्धको आन्दोलन चर्किदै मधेशमा ।।।

0Shares

लघुवित्तीय सस्था विरुद्धको आन्दोलन चर्किदै मधेशमा ।।।

बिनोद मण्डल जेठ ६ । मधेश प्रदेशका जिल्लाहरूमा रहेका विभिन्न लघुबित्तिय संस्थाहरुले सीमा पार गर्दै गएपछि खारेजीको मागसहित मधेशका जिल्लाहरूमा रहेका विभिन्न लघुवित्त संस्थाको खारेजीको माग अगाडि आउन थालेका हुन ।

लघुबित संस्था खारेजीको माग गर्दै बर्दिवास नगरपालिकाको वडा नम्बर १० खैरमारामा पीडित महिलाहरुद्वारा बिशाल प्रदर्शन भएको छ ।

प्रदर्शनमा “समाजवादी अर्थ तन्त्र मजबुत गर ” , “महिला हिंसा बन्द गर ” ” महिला मार्न पाईर्दैन,बचत गरेको रकम फिर्ता गर ” लगायतका चर्का नारासहित प्रदर्शन गरिएको थियो ।

सिलम यादवको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा
अतिथिहरुमा मधेस प्रदेश अध्यक्ष युवराज रसाईली,मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ,
धनुषा जिल्ला अध्यक्ष मन्दिरा लामा,सिल्दुली अध्यक्ष दुर्गा माया सिरहा अध्यक्ष तथा मधेस प्रदेश सचिब अर्जुन बिश्वकर्मा, केन्द्रिय सदस्य धनिक लाल चौधरी सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत जिल्ला सदस्य लिलम कामैत लगायत हजारौं पीडित महिला तथा पुरुषहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।

बिगत १५ महिनादेखि निरन्तर जारी रहेको लघुवित्त विरुद्धको आन्दोलन यतिबेला देशका सबै जिल्लाहरुमा संचालित रहेको छ ।

संचालित आन्दोलन केहि महिना देखि सिरहा सप्तरी धनुषा, महोत्तरी , सर्लाही बारा,पर्सा,रौतहट,उदयपुर सिन्दुली लगायतका जिल्लाहरुमा निरन्तर बिरोध गर्दै कार्यालयमा तलाबन्दीको कार्यक्रम अगाडी बढाइएको अवस्था रहेको देखिन्छ ।

मागको सम्बोधन नभए लघुबित कार्यालयमा तोडफोड कर्मचारीहरुलाई कुटपिट र दुर्ववहारको कार्यक्रमहरु गर्ने निर्णय सङ्घर्ष समितिले गरेकाे जनाएको छ । खैरमारा बजार क्षेत्रमा चर्का नारासहित गरिएको प्रदर्शनले लघुबित खारेजीको माग गर्दै थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने जिल्ला अध्यक्ष सिलम यादवले जानकारी गराउनु भएको छ ।

मधेश प्रदेशमा चर्किएको लघुवित्त विरुद्धको आन्दोलनले तार्किक निश्कर्षमा पुग्न सकिने जानकारहरु बताउँछन् ।

लघुवित्तको कारण केयौ महिलाहरुले आत्म हत्या गर्नुपर्ने बाध्यात्मक स्थितिको सिर्जना गराएको अवस्था नेपालमा रहेको कार्यक्रमका वक्ताहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *