मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नक्कली शरणार्थी प्रकरणमा दोषी उम्कन हुँदैन: ओली’निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौं’ ।
नक्कली शरणार्थी प्रकरणमा दोषी उम्कन हुँदैन: ओली
‘निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौं’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताएका छन्।
सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने बताए।
‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’
एमालेका सचिव टोपबहादुर रायमाझी पनि यो प्रकरणमा मुछिएका छन्। एमालेका नेताहरू पनि यो प्रकरणमा तानिएकोबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘यो तानिएको हो कि तनाएको हो हामी अध्ययन गर्दैछौं। यो अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं।’
अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने पनि प्रतिक्रिया दिएका छन्। उनले यो प्रकरणमा एमालेले छानबिनमा सहयोग गर्ने बताएका छन्। ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’ ओलीले भने, ‘निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौं।’






