भगवानपुरमा जनस्वास्थ्य प्रयोगशाला उदघाटन

0Shares

भगवानपुरमा जनस्वास्थ्य प्रयोगशाला उदघाटन

रहमुल लहान ७ बैशाख सिरहाको भगवानपुर गाउँपालिका जनस्वास्थ्य प्रयोगशालाको आज एक कार्यक्रम बीच बिधिवत रुपमा संघिय संसद माननीय रामशंकर यादव तथा गाउँपालिका अध्यक्ष उग्रनारायण यादव द्वारा संयुक्तरुपमा समउद्घाटन भएकोछ। यस प्रयोगशालालाई प्रदेश सरकारबाट उपलब्ध सामग्री बाहेक आवश्यक सबै सामग्री गा पा को कार्यालय बाट व्यवस्थापन भएको छ।

यस प्रयोगशालाले एकदमै न्यून शुल्कमा सेवा दिने जानकारी स्वास्थ्य शाखा बाट प्राप्त भएकोछ। हाम्रा पालिका बासि तथा अन्य सेवा ग्राहिले पनि सेवा लिन सक्ने व्यहोरा अनुरोध गर्दै हालको अवस्थामा सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक्ता अनुसारका विभिन्न प्रकारका अैाषधिहरु पठाईसकेको ब्यहोरा अनुरोध गर्दछु आ आफ्ना मन्तव्यमा संघिय सांसद यादव र पालिका अध्यक्ष यादवले बताएका छन।

यस पालिकामा प्रयोगशाला संचालन भए पछि यस भेगका जन्ता निकै खुशी भएका छन र यस स्वास्थ केन्द्र बाट पहिला पनि तीन वटा पालिकाहरु जस्तै सखुवानन्कारकट्टी, भगवानपुर र नवराजपुर का सेवाग्राहीले सेवा लिइरहेको थियो भने अब आउने दिनमा यस क्षेत्रका जन्ताहरु अझ भर्पर्दो सेवा लिने भएका छन। सन्चार कर्मीको जिज्ञासामा पालिका अध्यक्ष यादवले नागरिकको स्वास्थ्य अधिकार अन्तर्गत यस केन्द्रमा हरेक नागरिकको सहज पहुच र सस्तो सजिलै उपचार होस भनी उद्देश्यले यो प्रयोगशाला संचालनमा ल्याएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *