ज्यानमारा सडक बन्दै लहान – ठाडी सडकखण्ड

0Shares

ज्यानमारा सडक बन्दै लहान – ठाडी सडकखण्ड

रहमुल लहान ७ बैशाख सिरहाको सखुवाननकारकट्टी ३ परिहारपुर चौकमा आज फेरि मोटरसाइकल दुर्घटना भइ एक जनाको खुट्टा भाँचिएको छ एक जना गम्भीर घाइते भएका छन। गम्भीर घाइते यसै गा पा ५ महेशबारी बस्ने अन्दाजी बर्ष १९ को अमित यादव हो भने खुट्टा भाँचिएको पहचान हुन सकेको छैन।

लगभग साँझ ८:० बजे लहान तर्फ जाँदै गरेको ७७३१ नम्बरको मोटरसाइकलले स ९ प ३३११ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा दुर्घटना भएको थियो। ७७३१ न० गाडी लहान न पा १९ कटहा बस्ने चालक संजय यादव फरार भएको जानकारी निजकै पछाडी बसेका खुट्टा भाँचिएका घाइतेले बताएका हुन।

घटना पश्चात् घटना स्थलमा पुगेका प्रहरीले दुबै घाइतेलाई खैरबोना जेम्स पब्लिक हस्पिटलमा पुर्याएका छन भने ३१११ न० को सवारी महेशबारी पुलिसको निगरानीमा राखी अर्का सवारीको खोजतलास गर्दै घटना सम्बन्धि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय महेशबारीले जनाएका छन। सडकको अवस्था नाजुक रहेको कारण दिन प्रतिदिन दुर्घटना भैरहेको छ र आउने दिनमा यो सडकले कतिको ज्यान लिने हो थाहा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *