बाईक दुर्घटनामा एकको मृत्यु ।।।

0Shares

बाईक दुर्घटनामा एकको मृत्यु ।।।

विनोद मण्डल वैशाख ३। सिरहाको भगवानपुर सडखण्डमा अन्तर्गत महेसबारी स्थित मोटर साइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बाकी ५ जना घाइते भएका छन् ।

लहानबाट भगवानपुर तर्फ जाँदै गरेको मोटर साइकल र लहानतर्फआउँदै गरेको मोटरसाइकल एकापसमा स्थानिय परियारपुर चोकदेखि करिब ५० मीटर उत्तर सडकमा ठोकिएर दुघर्टना हुँदा सखुवानकारकट्टी ४ का करीब २५ वर्षिय अमित पसमानको लहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाइते सचिन पासमानको उपचार भइरहेको छ ।

करिब बेलुका ६.१५ बजे बेलुका भएको दुर्घटनामा परी सप्तरी मौवाहाका ४५ वर्षीय शिवकुमार यादव , ३०वर्षीय पवित्रा देवी यादव , १० वर्षिय सुशान्त कुमार यादव सख्त घाइते भएका थिए । घाइते सबैलाई स्थानिय सप्तऋषि अस्पताल पुर्याइएको थियो तर अवस्था गम्भीर भएको हुनाले करिब ८.४५ बजे विराटनगर रेफर गरीएको छ ।
प्रत्यक्ष दर्शिकाअनुसार दुई बाइकमा ३/३ जना सवार रहेका थिए ।

इलाका प्रहरी लहानका टोली अस्पताल पुगेर थप विवरण लिइरहेको छ भने तत्काल अस्पताल पुगेर संकलन विवरण अनुसार यो सामाचार तयार पारिएको छ । थप अनुसन्धान जारी

घाइते लाई सप्तऋषि अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर लागिएको हो। थप विवरण आउन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *