सामाजिक सञ्जालको दुरुपयोग,न्याय खोज्दै थामी ।।।

0Shares

सामाजिक सञ्जालको दुरुपयोग,न्याय खोज्दै थामी ।।।

वैशाख ३ दोलखा । समाजमा आधुनिकतासँगै सामाजिक सञ्जालको दुरुपयोग बढेको देखिन्छ ।

आफ्ना परिवारको उज्वल भविष्य कोर्नका लागि अहोरात्र खाडी मुलुकमा पसिना बगाउँदै आएका भीम कुमार थामीको जीवनमा बज्रपात भएको छ ।

दोलखा बिगु ८ खोपाचागुका थामी बैदेशीक रोजगारीको लागि मुलुक बाहिर भएको बखत उनको श्रीमतीलाई स्थानिय एक युवाले प्रलोभनमा पारी थामीको घरपरिवार बिगारेका छन् । वैदेशिक रोजगारीमा रहेका थामीको श्रीमतीलाई अनेकन प्रलोभन देखाई थामीले विदेशबाट पठाएको पैसा कुम्ल्याएको छ ।

दोलखा विगु गाउँपालिका वडा नं ८ स्थायी घर भएका सेते कामीको नाती मन्जितको छोरा कुमार थामीले यस वडाका तिर्थ कुमारी थामीलाई सामाजिक संजाल दुरुपयोग गर्दै घरबार बिगारेको तथ्य बाहिर आएको छ ।

स्थानिय स्तरमा सम्झाउँदा बुझाउँदा नमान्ने उनी विरुद्ध उचित न्यायको लागि स्थानिय क्लबमार्फत कानूनी प्रकृयाको अघि बढ्ने बताएका पीडितले थप कानूनी प्रक्रियाको लागि सम्बन्धित निकायमा जाने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *