थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
रीताको अध्यक्षतामा अघि बढदै छन् आमा समूह ।।।
रीताको अध्यक्षतामा अघि बढदै छन् आमा समूह ।।।
विनोद मण्डल चैत्र १९ । सिरहाको धनगढीमाई १२ स्थित विष्णुपुर स्वास्थ्य चौकीका लागि आमा समुहकी अध्यक्ष रिता देवी मण्डल (पासमान)ले आमा समुहकी जिम्मेवारी सहित विवादित बनेको स्वास्थ्य स्वयमसेविकाको समेत भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
स्वयं सेबिका जानुका आचार्यको उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि स्वास्थ्य चौकीमा रिक्त भएको स्वयम् सेविका पदमा विवाद उत्पन्न भएपछि रिक्त स्थानको अभावमा आमा समुहकी अध्यक्ष रिता मण्डलको अध्यक्षतामा स्वयं सेविकाको कार्यलाई अगाडि बढाइएको छ । आर्थिक रूपले विपन्न दलित महिला रिताले अध्यक्षता गर्दै आएको करिब तीन महिना भएपछि उनलाई स्वयं सेविका पदका लागि राख्नु पर्ने चौतर्फी माग उठिरहेको अवस्था एकातिर उठिरहेको छ भने करिब तीन महिना देखि निरन्तर उक्त पद अनुसारका जबाफदेही बोक्दै आएका रीतालाई अनुभवका आधारमा तत्काल स्वास्थ्य स्वयमसेविका पदमा वहाली गराउनुपर्ने प्रयाप्त कानुनी आधार तयार भएकोले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको अवस्था भएकोले सम्बन्धित निकायको नैतिकताको सवाल रहेको देखिन्छ ।





