बजारको विकासमा अघि बढ्दै वडा अध्यक्ष महतो ।।।

0Shares

बजारको विकासमा अघि बढ्दै वडा अध्यक्ष महतो ।।।

विनोद मण्डल चैत्र १९ ।सिरहाको धनगढीमाई १० मा रहेको धनगढी बजारको सरसफाईमा विशेष ध्यान दिँदै अघि बढिरहेका छन् , वडा अध्यक्ष सरोज महतो ।

धनगढीमाई न.पा वडा न.१० धनगढीबजारलाई सफा , सुन्दर र स्वच्छ बनाउन महतोले कृषि बजार , माछा बजार लगायतको ठाउँहरूमा सरसफाई र उक्त ठाउँहरूमा बनाइएका मापदण्ड विपरितका भौतिक संरचना हटाएर नमूना काम गरेका हुन् ।

आईतबार र बुधबार लाग्ने बजारलाई ब्यबस्थित गर्नका लागि पूर्व पक्षिम्म राजमार्गको बाबुराम खोला स्थित पुलको दक्षिणमा बिहानीपख लाग्दै आएको कृषि बजारमा किनमेल गर्नका निम्ति सहजताका वातावरण पनि मिलाउँदै आएका वडा अध्यक्ष महतोले गरेको काममा बजारबासिले सहजै साथ दिएका छन ।

विकाशमा अग्रता लिएका अध्यक्षलाई धनगढीमाई नगर उधोग ब्यापारसंघका प्रतिनिधिज्युहरु, व्यापार बुद्धिजिविज्युहरु ,विभिन्न वाडाका वडाअध्यक्षज्युहरु ,ईलाका प्रहरी कार्यलय धनगढीका प्रहरीज्युहरु,शस्त्र बेस क्याम्प सुखिपुरका शस्त्रप्रहरी ज्युहरु , पत्रकार ज्युहरु ,नगर प्रहरी ज्युहरु र युवा लगायत सम्पुर्ण बजारवासीज्युहरुले साथ सहयोग दिएर विकाशलाई अघि बढाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *