लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित

0Shares

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा चुनेको हो ।

वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल पनि निर्विरोध निर्वाचित भए ।

पशुपति शर्मा

शिव हमाल
निर्विरोध निर्वाचित हुनेहरुमा महासचिव शिव हमाल, उपमहासचिवद्धय हरि डाँगी र शिरिष देवकोटा छन् । अमृता अधिकारी कोषाध्यक्षमा र जमुना राना महिला सचिवमा निर्विरोध भए ।

उपाध्यक्ष खुल्ला, सचिव भूगोल गण्डकी प्रदेश, सचिव खुल्ला, सहकोषाध्यक्ष खुल्ला, महिला सदस्य, खुल्ला सदस्य, सदस्य भूगोल प्रदेश १, सदस्य भूगोल गण्डकी प्रदेश, सदस्य भूगोल लुम्बिनी प्रदेशका पदमा निर्वाचन हुँदैछ ।

यस्तो छ निर्विरोध निर्वाचित हुनेको सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *