राजनीतिक समीकरण अहिल्यै फेरिँदैन : प्रधानमन्त्री दाहाल ।।।

0Shares

राजनीतिक समीकरण अहिल्यै फेरिँदैन : प्रधानमन्त्री दाहाल ।।।
माघ १९, २०७९ थाङ्मीचागु डट कम संवाददाता
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले रास्वपाले समर्थन फिर्ता नलिने बताए । दाहालले भने, ‘केही हुँदैन । रास्वपाले समर्थन फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म ।’
सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *