थारु समुदायले मनाए माघी ।।।

0Shares

थारु समुदायले मनाए माघी ।।।

विनोद मण्डल माघ १ । सिराहाको लाहान स्थित भोटिया टोलमा स्थानिय थारु समुदायले भव्यताका साथ मागी पर्व मनाएका छन ।

थारू समुदायमा माघी पर्वसँगै थारुहरुको नयाँ वर्षको शुरुवात हुने गर्दछ । नयाँ वर्षको रूपमा थारूहरूले थारू संवत २६४६ समेत मनाएका हुन ।

भोटिया टोलको बजार परिसरमा आयोजित कार्यक्रममा प्रमुख अथिती सिराहा निर्वाचन क्षेत्र नं १ का माननीय सांसद रामशंकर यादब र बिशिष्ट अथिती गगा यादब लगाएत थारु समुदायकाे उच्च व्यक्तित्वहरुको सहभागितामा कार्यक्रम गरिएको थियो

माघी र नयाँ वर्षलाई धुमधामका साथ मनाउनेक्रममा थारू समुदायले मञ्चमा , धमार गीत साजबाजका साथ गाएर अथितीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमको उद्घाघाटन पानसमा दीप प्रज्वलन गरी माननिय द्धय रामशङ्कर यादब र गङ्गा यादवले गरेका थिए ।

कार्यक्रममा बोल्दै गागा यादवले नेकपा एमाले पार्टीले रेशम चौधरीको रिहाईको लागि सकारात्मक रहेको बताउनु भयो ।

पार्टी नेतृत्व पङ्क्तिका केपी शर्मा ओली समेत रेशम चौधरीको रिहाईको लागि सकारात्मक रहेको भाव ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा थारु पहिरनमा सजिएर आएका थारु यूवा युवतीहरूले आफ्ना प्रतिभाहरू प्रस्तुत गतेका थिए भने मञ्चमा मागी पर्वको परिकारहरुको समेत प्रदर्शन गरिएको थियो ।

उल्लेखनीय मात्रामा उपस्थित थारु समुदायले मनाएको मागी पर्वले त्यहाँका बातावरण अत्यन्त रमाइलो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *