थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
सिरक वितरणले स्थानिय खुशी ।।।
सिरक वितरणले स्थानिय खुशी ।।।
सिरक वितरणले स्थानिय खुशी ।।।
बिनोद मण्डल पुस ३० । बढ्दो शितलहरको कारणले गर्दा अाम जीवन प्रभावित भएपछि स्थानिय प्रशासनले आम जनताको सुरक्षाका लागि आफ्ना कदमहरू चालिरहेका छन ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बरियारपट्टी गाउँपालिका वडा नं. ५ जानकीनगर स्थित प्रहरी चौकी जानकीनगर सिरहाको प्राङगणमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ज्युको प्रमुख आतिथ्यतामा सिरक वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी ज्यु, बरियारपट्टी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राम खेलन दास, वडा नं. ५ का वडा अध्यक्ष शिव नारायण यादव, प्रहरी चौकी जानकीनगर सिरहाका प्रहरी सहायक निरिक्षक राम बिनोद कुमार झा तथा प्रहरी जनशक्तिहरुको उपस्थितीमा वडा नं. २ र ५ का जेष्ठ नागरिकहरु, एकल महिलाहरु, अपाङ्ग तथा जाडोबाट प्रभावित आर्थिक स्थिती कमजोर भएका लक्षित वर्गका ११ जनालाई मानिसहरुलाई बढदो सितलहरमा न्यानोको लागी फाइवरको सिरक वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





