थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
गुन्जाको खोजतलासको लागि माइतीले दिए प्रहरीमा निवेदन ।
गुन्जाको खोजतलासको लागि माइतीले दिए प्रहरीमा निवेदन ।
बिनोद मण्डल माघ १ । सिरहाको लहान माईती घर भएकी गुन्जा विश्वकर्मा आफन्त र घर परिवारको सम्पर्कमा विगत लामो समयदेखि नआएपछि माईती पक्षले खोजतलासको लागि ईलाका प्रहरी कार्यालय लहानमा निवेदन दिएको हो ।
लहान २४ खप्टे डाँडा माईती घर भएकी करीब ३२ वर्षीया गुनजा विश्वकर्मा रोजगारीको क्रममा छिमेकी राष्ट्र भारतमा विगत २० वर्षदेखि वस्दै आएको अवस्थामा गत २०७८ माग देखि भारतमा वस्दै आएको ठाउँबाट घर परिवारको सम्पर्क भन्दा बाहिर रहेको अवस्थामा आफन्त नाता गोतामा खोजतलाश गर्दा कहीं कतै फेला नपरेपछि माइती आमा लिल माया कमिनीले एक निवेदन ईलाका प्रहरी कार्यालय लहानमा पेस गर्दै खोजतलासको लागि आग्रह गरेकी छिन ।
ससुराल घर धनगढीमाई ९ को जिरो माइल भएकी गुञ्जाको श्रीमान प्रेम विश्वकर्मा हाल रोजगारीको क्रममा छिमेकी राष्ट्र भारतमा रहेका छन ।





