बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
ब्लाङकेट वितरण कार्यक्रम सम्पन्न ।।।
ब्लाङकेट वितरण कार्यक्रम सम्पन्न ।।।
बिनोद मण्डल पुस २९ । मौसमी प्रभावका कारण आम जनजीवन प्रभावित भएको छ ।
दिनानु दिनकाे चिसोले गर्दा आम मानिसहरूमा ठूलो प्रभाव परिरहेको अवस्थामा बालक वृद्ध यसको ठूलो चपेटामा परेको देखिन्छ । सामान्य रूपमा चिसोको कारणले गर्दा मानिसमा रुघा खोकी लगायतका समस्या देखा परिरहेको बखत स्थानिय प्रशासनले जाडो छल्नका लागि दाउरा र न्यानो कपडा वितरण गरेको देखिन्छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत
सिरहाकाे औरही गाउँपालिका वडा नं. २ तुलसीपुर स्थित रहेको प्रहरी चौकी हर्कट्टीको सहकार्यमा जाडोबाट प्रभावित विपन्न गरीब वर्गलाई लक्षित गरी करीब ६० जना मानिसहरुलाई न्यानो कपडाको रूपमा ब्लाङकेट वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






