थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
म हजुरलाई मेरा चिम्से आँखाबाट — मगर पबित्रा एउटा क्रुर हत्यारा मात्र देख्छु ! ( पबित्रा मगर )
म हजुरलाई मेरा चिम्से आँखाबाट — मगर पबित्रा
एउटा क्रुर हत्यारा मात्र देख्छु !
झोरले! माराज पृथ्वीनारन
म आज इतिहासको कठघरामा उभिदै
हजुर सामु सत्य ,सत्य बोल्दैछु
निर्भयका साथ प्रश्न गर्दैछु
म मगराती सभ्यताकी छोरी
सत्य निष्ठा पुर्बक बोल्नु
मेरो पुर्ख्यौली जिब्रोको विशेषता
नुवाकोटको बेलकोटमा
जयन्त रानालाई तड्पाई तड्पाई
जिउदै छाला काढेर मार्दा खेरी
उनको हप्तौं सम्म तड्पिएको रगताम्य शरीर र बिक्षिप्त आत्माले हजुरलाई के भन्दै थियो होला?
नौलाखा हार र दन्ते हात्तिको विवादमा
अपार दाइजोको निहुँमा
घाँटी रेटिएका आफ्नै जेठान
दिग्बन्धन सेनले हजुरलाई
खै कुन्नी?के भन्दै थियो ?
अनि कीर्तिपुरेको नाक कान काट्नु
भक्तपुरको गौकोटमा सिङ्गै गाउँलेको हत्या गर्नु
लिम्वू राजा कङ्सोरेलाई झुक्याएर मार्नु
आफ्नै मितको आँखा फोर्नु
मेला पर्व भोज भतेर मा बिश्वासघात गरेर
निर्दोषको हत्या गर्नु
मैले कसरी बुझ्नु महाराज मलाई माफ गर्नुहोस्
म हजुरलाई बुझ्नै सकिन।
उसको कान जस्ले
आज सम्म
महाराज भन्दा पर
अर्को विशाल नाम सुनेकै छैन
जस्ले इतिहासको नाममा महाराजकै
मात्र गुणगान र जय जयकार मात्र सुन्न पाए
तब हजुरलाई महानायक भन्छन्
तर
अरुले हजुरलाई राष्ट्र निर्माता
अनि महानायक भन्दै गर्दा
म हजुरलाई खलनायक भनी बुझ्दैछु।
अरुले हजुरलाई न्यायप्रेमी र
प्रजाप्रेमी भनेर बुझ्दै गर्दा
म त केवल हजुरलाई एउटा क्रूर हत्यारा
देख्दैछु।
हो! मलाई माफ गर्नुहोस् महाराज पृथ्वीनारायण !
म हजुरलाई मेरो चिम्से आँखाबाट
देख्छु मात्र एउटा क्रूर हत्यारा।।





