जाडोमा नागरिकलाई सिरक विरतण ।।।

0Shares

जाडोमा नागरिकलाई सिरक विरतण ।।।

विनोद मण्डल पुस २६ । जलवायु परिवर्तनको कारण बढिरहेको शीतलहर छल्नका लागि सिरहामा न्यानो कपडाको रूपमा सिरक बितरण गरिएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिरहाकाे कल्याणपुर नगरपालिका वडा नं.११ मा बिपद व्यवस्थापन समितिको आयोजना तथा कल्याणपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाको सहकार्यमा कल्याणपुर नगरपालिकाका प्रशासकिय अधिकृत बिष्णु संजन वरालको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच सिरक बितरण गरिएको हो ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जनशक्तिहरु, बिभिन्न संस्थाका प्रतिनिधिहरु, दलित जेष्ठ नागरीक, एकल महिला, अपाङ्ग तथा अन्य लक्षित समुदायहरु समेतको उपस्थितिमा फाईवरको सिरक विरतण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सिरहा जिल्ला बिपद व्यवस्थापन समितिको सहयोगमा कल्याणपुर नगरपालिकाका दलित जेष्ठ नागरीक, एकल महिला, अपाङ्ग तथा अन्य लक्षित समुदायहरु समेत गरी ५० जनालाई शितलहरबाट जोगिनको लागि फाइवरको सिरक वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *