जनताको घर खरानी बन्दै वडा अध्यक्ष दर्शक ।।।।

0Shares

जनताको घर खरानी बन्दै वडा अध्यक्ष दर्शक ।।।।

बिनोद मण्डल मंसिर १५ । सिरहाको धनगढीमाई १३ को भाल्टार बस्तीका एक बृद्ध महिलाको घरमा आगो लागेर घरमा भएका सबै कुरा जलेर नष्ट भएको छ ।

गत मंसिर १२ गते करिब ७० वर्षीया लिल माया विश्वकर्माको घरमा आगो लागेर घरको सामान जलेर नष्ट भएपछि अहिले लिल माया खुला आकाश मुनि जिउन विवस भएकी छिन् ।

घरमा रहेकी छोरी शर्मिला विश्वकर्मा विगत करिब ६ वर्षदेखि मानसिक रोगी भएको कारण अधिकांश समय जंगलमा गएर बस्ने गरेको लिल माया विश्वकर्मा बताउनु हुन्छ ।

करीब ३० वर्षीया छोरी शर्मिला बिरामी भएपछि आर्थिक अभावमा अस्पतालको सेवा सम्म नपुगाएर धामी झाक्रीबाट विगत लामो समयदेखि झारफुक गराइरहेको बताउने आमाको परिवारमा जम्मा दुई जनालाई यतिबेला ठूलो बज्रपात भएको छ ।

गत वर्ष जंगली हात्तीले घर भत्काउँदा स्थानियले सहयोग गरेर आमा छोरीको लागि बस्ने सानो घर बनाई दिएका थिए तर उक्त घरमा पुन आगलागी भएपछि खाने बस्ने समस्यामा रहेकी लिल माया विश्वकर्माले सहयोगको लागि आम सबै नेपाली दाजु भाइ दिदी बहिनीहरूमा अनुरोध गर्नु भएको छ ।

यता घटना स्थलमा वडा अध्यक्ष सूर्यमान तामाङ अहिलेसम्म नपुगेको स्थानीयको गुनासाे रहेको पाईन्छ भने आगलागीबाट भएको क्षतिको विवरण ईलाका प्रहरी कार्यालय धनगढीमाई १२ ले समेत लिन बिर्सेको अवस्था रहेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *