घरेलु तथा साना उधोगको नारामा मात्र सिमित राखेर हुदैन कार्यान्वयन हुनुपर्छ : उप प्रमुख महतो

0Shares

घरेलु तथा साना उधोगको नारामा मात्र सिमित राखेर हुदैन कार्यान्वयन हुनुपर्छ : उप प्रमुख महतो

बिनोद मण्डल १० मंसिर । घरेलु तथा साना उघोग कार्यालय लहान सिरहाले ८ औं उघोग दिवस मनाएका छन ।

” औद्योगिक लगानी र पुर्वाधार समृद्धको बलियो अधार,उधोग दिवस सफल पारौ ” भन्ने मूल नाराका साथ कार्यालय परिसरबाट शुरु गरिएको र्याली लहान बजारको परिक्रमा गरेकाे थियाे ।

घरेलु तथा साना उधोग कार्यालय लहान सिरहाका प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी मो.लाल बाबु कवाडी , विशिष्ट अतिथि लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतो,ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेवती रमन शर्मा अतिथिहरुमा उघोग बाणिज्य संघ लहानका अध्यक्ष बिकास सारडा, उपभोक्ता मंच सिरहाका सदस्य तथा वरिष्ठ पत्रकार बिमल ठाकुर,समाजसेवी अशोक अमात्य लगायतका सयौं अतिथिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सिरहाका प्रमुख जिल्ला अधिकारी ज्यूले ” ब्यापारमा समृद्धि गासिएको अवस्था रहेको हुनाले हामी सबै मिलेर एक साथ भएर अगाडी बढनु जरुरी रहेको बताउनु हुँदै परम्परागत व्यापार बाट माथि उठ्न जरुरी रहेको ” बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि महतोका अनुसार नाराले केही हुने बला छैन ,गरेर देखाउनु पर्नेमा जोड दिदै बजारमा उपभोक्ताको माग अनुसारको ब्यापारमा लगानी गर्नु पर्ने बताए ।
सबै ब्यापारीहरुलाई कर र दर्ताको प्रक्रियामा अगाडि बढाउनु पर्नेमा जोड दिदै घरेलु तथा साना उघोग कार्यालय लहानलाई ध्यानाकर्षण गराएका थिए ।

ईलाका प्रशासन कार्यालय प्रमुख शर्माका अनुसार उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ भन्दै ब्यापारलाई प्रेरित गर्ने काम घरेलु कार्यालय लहानको रहेको हुनाले ब्यापारीहरु संग सहकार्य र समन्वय गरी आवस्यक कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यालय प्रमुख दिपेन्द्र यादवले कार्यक्रमको समापन गर्दै प्रबिधि मैत्री ब्यवसाय बनाउनु पर्नेमा जोड दिदै उघोग लोकतन्त्रको ठुलो गहना भएको बताउनु भयो ।

उनले जब सम्म नेपाली युवाहरूलाई बिदेश प्लाईनबाट रोक्न सकिँदैन तबसम्म देशमा आर्थिक समृद्धिमा निकै कठिन रहेको बताए ।

यहीँ आर्थिक बर्षमा कार्यालय प्रमुख यादवले २६० जनालाई व्यवसाय सम्बन्धी प्रबिधि वितरण गरेका छन् भने ब्यापारीहरुको समस्यालाई पहिचान गरी सहयोग गर्ने गरेकाे दावी गर्दै उनले उनले कार्यलय मार्फत १८ देखी २० रणनीतिक योजना ब्यापारीहरुको सहजताको लागि प्रदान गर्ने गरेकाे बताए ।

उनले थप्दै भने ब्यापार सुरुवात गर्नुस र संरक्षण सम्बद्धन र टिकाउने काम घरेलु कार्यालयले गर्छ । प्रत्येक
बर्ष घरेलु तथा साना उघोग कार्यालयले महिला युवा स्वरोजगार कार्यक्रम अन्तर्गत दर्जनौं सिपमुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *