मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
आवधिक निर्वाचन सम्पन्न हुनु संविधानले ठिक काम गरिरहेको प्रमाण हो : प्रचण्ड
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
आवधिक निर्वाचन सम्पन्न हुनु संविधानले ठिक काम गरिरहेको प्रमाण हो : प्रचण्ड
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आवधिक निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार बिहान चितवनमा मतदान गरेपछि दाहालले आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको बताए ।
दाहालले कुन पार्टीले कति मत ल्यायो भन्ने महत्वपूर्ण नभएर आवधिक निर्वाचन सम्पन्न हुनु ठूलो भएको बताए । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका दाहालले भने, ‘कुन पार्टीले कति मत ल्यायो भन्दा पनि ठूलो कुरो निर्वाचन सम्पन्न भएको छ । आवधिक निर्वाचन सम्पन्न हुनु भनेको संविधान र व्यवस्थाले ठिक ढंगले काम गर्दैछ भन्ने कुराको प्रमाण हो ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधानलाई संस्थागत गर्ने कुरामा ठूलो कुरा रहेको दाहालको भनाइ थियो । ‘स्वच्छ, धाँधलिरहित र निष्पक्ष निर्वाचन हुनु महत्वपूर्ण कुरा हो । शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । संविधानलाई संस्थागत गर्ने प्रक्रियामा यसको ठूलो महत्व छ,’ उनले भने, ‘यसपटकको निर्वाचनले संविधानमाथि प्रश्न चिह्न उठाउन खोज्नेहरूको लागि यो निर्वाचनमा सहभागिता आफैमा ठूलो प्रमाण पनि हो ।’
दाहालले निर्वाचनको पक्षमा राम्रो माहोल देखिएको बताए । उनले पाँच दलीय गठबन्धनले निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गरे । उनले निर्वाचनपछि मुलुक शुशासन र समृद्धिमा जाने विश्वास व्यक्त गरेका थिए ।






