नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
चमेलिया पुलमा राखिएको ‘प्रेसर कुकर बम’ सेनाद्वारा निष्क्रिया ।।।
सुदूरपश्चिम
चमेलिया पुलमा राखिएको ‘प्रेसर कुकर बम’ सेनाद्वारा निष्क्रिया ।।।
दार्चुला — सडक मार्गबाट दार्चुला प्रवेश गर्ने चमेलियामाथिको पुलमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको छ । उक्त बमलाइ सेनाको टोलीले निष्क्रिय गरेको प्रहरीले जनाएको छ ।
शनिबार बिहानै साढे २ बजेतिर उक्त प्रेसरकुकर बमजस्तै देखिने शंस्कापद वस्तु भएको यात्रुहरूले देखेका थिए । प्रहरीलाई जानकारी हुनेबित्तिकै इलाका प्रहरी चौकी गोकुलेश्वरबाट टोली खटिएको थियो । सेनाको टोलीले बिहान ७ बजे उक्त बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तर्कराज पाण्डेयले बताए ।
प्रेसरकुकर माटो भरेको र बाहिर टेपले बेरेर तार निकालेको अवस्थामा भेटिएको उनले जानकारी दिए । उक्त प्रेसरकुकर कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






