थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
चुनाबी छलफलमा सुरेश कार्की ।।।
चुनाबी छलफलमा सुरेश कार्की ।।।
बिनोद मण्डल कार्तिक ८ । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सुरेश कार्कीले चुनाबी छलफल गर्नु भएको छ ।
तिहार र छठको पूर्व सन्ध्यामा उहाँले आफ्ना निर्वाचन क्षेत्रका आम जनतालाई शुभकामना आदानप्रदान गर्ने क्रममा कुशहा, छजना, औरहि लगाएतका ग्रामीण बस्तीमा पुगेर आम स्थानीयसँग भलाकुसारी सहित चुनावी छलफल गर्नु भएको छ ।
कार्कीलाई स्थानिय जनताहरूले आफूहरुलाई नेताहरुले पटक पटक धोखा दिएको, जितेर गएपछि फर्केर नआएको,कुनै काम पर्दा फोन उठाउन नमानेको पियेलाई फोन उठाउन लगाएको कदाचित भेटीहालेमा पछि कुरा गरौला भनी पन्छाएको जस्ता गुनासो सुनेर कार्की केही समय निशब्द भई कुरा सुनेर बसेका थिए ।
अत्यन्त दूरदर्शी र लामो राजनीतिक अनुभव बटुलेका कार्कीले आफ्ना भावी योजनाका बारेमा स्थानिय जनतालाई अवगत गराउँदा सबै चकित भएका छन् ।
कार्यक्रम नियमित जारी रहने बताउदै कार्कीले सिरहाको दुर्गम बस्ती गागन मागन जहां हालसम्म बिजुली बत्ती, बाटोघाटो नपुगेको बस्तीमा पुगेर उज्जायो ल्याउने आफ्नो नैतिक धर्म रहेको संक्षिप्त कुराकानीमा बताउनु भएको छ ।





