मंगोल नेशनल अर्गनाइजेशनका २३८जना उमेदवारहरु चुनाबी मैदानमा !!!

57Shares

मंगोल नेशनल अर्गनाइजेशनका २३८जना उमेदवारहरु चुनाबी मैदानमा
काठमाडौ /आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्बाचनमा मंगोल नेशनल अर्गनाइजेसनका २३८ जना उमेदवारहरु चुनाबी मैदानमा उत्रिएका छन ।
असोज २३ गते सम्पन्न भएको निर्बाचनको उम्मेद्बारी दर्ता कार्यक्रममा उहाहरुले संगठनको तर्फ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तर्फको प्रत्यक्ष उमेदवारको उम्मेद्बारी दर्ता गराउनु भएको थियो । यो निर्बाचनमा एम एमओले ५० जिल्लामा आफ्नो उमेदवार खडा गरेको छ । प्रतिनिधि सभा सदस्य तर्फ ९० जनाले उम्मेद्बारी दर्ता गराएर चुनाबी मैदानमा उत्रिसकेका छन । जसमा प्रदेश न १ मा २६ , मधेस प्रदेशमा ६ , बाग्मतीमा २३, गण्डकीमा १५, लुम्बिनीमा १९ र सुदुर पश्चिम्मा १ जनाले उम्मेद्बारी दर्ता गराएका छन । त्यस्तै प्रदेश सभा सदस्य तर्फ १४८ जनाले एम एनओ बाट उम्मेद्बारी दिएका छन । जसमा १ न प्रदेश मा ४४, मधेसमा ६ बागमतीमा ३७, गण्डकीमा २९, लुम्बिनीमा ३१ र सुदुर पश्चिम्मा १ जनाले उम्मेद्बारी दिएका छन ।
यस पटकको प्रतिनिधि सभा सदस्य निर्बाचनमा संगठनका प्रेसिडेन्ट बुद्ध लाल मेचे इलामको क्षेत्र न १ बाट उम्मेद्बारी दिनु भएको छ भने केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगर पाल्पाको क्षेत्र न १ बाट चुनाबी मैदानमा उत्रिदै हुनुहुन्छ । त्यस्तै केन्द्रिय सचिब सन्तोष तामाङ झापा क्षेत्र न १ मा , केन्द्रिय प्रवक्ता दिलिप धिमाल झापा क्षेत्र न ४ र केन्द्रीय प्रचार सचिब मणि पापो लिम्बु इलाम क्षेत्र न २ बाट चुनाब लडदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *