रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
काठमाडौं महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा !!
काठमाडौं महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेपछि अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।
शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको बेला हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- यी बैनी को हुन् रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।