४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
काठमाडौं महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा !!
काठमाडौं महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेपछि अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।
शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको बेला हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- यी बैनी को हुन् रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।






