स्वर्णिम वाग्लेलाई कांग्रेसले उम्मेदवार नबनाएकोमा भट्टराईको असन्तुष्टि

10Shares

स्वर्णिम वाग्लेलाई कांग्रेसले उम्मेदवार नबनाएकोमा भट्टराईको असन्तुष्टि

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन् । शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको ‘दिगो आर्थिक विकास’ विषयक सम्मेलनमा उनले नेपाली कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै उनले देशकै ठूलो दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए । उनले विज्ञहरुलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याए ।
भट्टराईले भने, ‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैंले आफैंलाई ठग्ने अवस्थामा पुग्यौं । सबैले आत्मा समीक्षा गर्नु जरुरी छ । अहिले म तीन पटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने आफूतिर नहेर्ने उपदेश दिने ठूला कुरा गर्ने अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिब, निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन । नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतान्त्रिक भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ ? विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’

यस्तै उनले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *