४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक !
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक
१३ असोज, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।
उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।
उनको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका एक जना सदस्य रविन भुजेलले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा थिए । उनीहरु आज बिहान काठमाडौं आइपुग्दैछन् । उनीहरु आइसकेपछि आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भुजेलले बताए ।
राजेन्द्र प्रसाद पाण्डे सुरेन्द्र पाण्डे






