ब्याजदर बढ्दा आत्तिनु पर्दैन, यो अस्थायी हो : डेपुटी गभर्नर !

158Shares

ब्याजदर बढ्दा आत्तिनु पर्दैन, यो अस्थायी हो : डेपुटी गभर्नर

१२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ब्याजदर वृद्धि अस्थायी भएको बताएका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

अहिले ब्याजदर बढ्ने ट्रेण्ड भएको र यो अस्थायी रहेको भन्दै उनले नआतिन सरोकारवालालाई आग्रह गरे । ‘अहिले ब्याजदर बढ्ने ट्रेण्ड हो, यो अस्थायी हो धेरै आत्तिनु पर्दैन,’ मिश्रले भने, ‘विश्वका सबल भनिएका मुलुकहरु पनि अहिले ब्याजदर बृद्धिको अवस्थामा छ ।’

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म रेमिट्यान्स बढीरहेकाले अर्थतन्त्रमा थप सहजता आउने विश्वास उनले व्यक्त गरे ।

गभर्नर मिश्रले लसुन, प्याज, आलु लगायत कृषि जन्य सामग्रीमा आत्मनिर्भर हुनु पर्नेमा पनि जोड दिए । उनले आयात प्रतिस्थापन गरेर निर्यातमा जोड दिनुपर्ने बताए । नेपाल, भारत र चीन जस्ता ठूला मुलुकको बीचमा रहेकाले बजारका लागि नेपालले आत्तिनु नपर्ने पनि उनले बताए ।

नेपाल राष्ट्र बैंक ब्याजदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *