मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपालको पर्यटन प्रबर्द्धन गर्न व्यवसायीको टोली बंगलादेश प्रस्थान ।
नेपालको पर्यटन प्रबर्द्धन गर्न व्यवसायीको टोली बंगलादेश प्रस्थान ।
१२ असोज, काठमाडौं । नेपालको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा आवद्ध व्यवसायीहरु बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।
कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसायले गति लिन थालेको अवस्थामा १२ जना पर्यटन व्यवसायीहरु २९ सेप्टेम्बरदेखि १ अक्टोबरसम्म आयोजना हुने नवौं एसियन टुरिजम फेअरमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका हुन् ।
एसियन टुरिजम फेअर बंगलादेशमा हरेक वर्ष आयोजना हुन्छ । फेयरमा बीटूबी तथा बीटूसी कार्यक्रम सञ्चालन हुन्छन् । कार्यक्रममा विश्वका विभिन्न देशहरूबाट पर्यटन व्यवसायीले आ–आफ्नो देशको पर्यटन प्रबर्द्धनसम्बन्धी विषय प्रस्तुत गर्ने गर्छन् ।
बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
पर्यटन बंगलादेश






