नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।
2026-08-27
जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।।।।
जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।।।।
विनोद मण्डल भदाै ३१ । सिरहाको लहानमा आदिबासी/ जनजाति थारु समुदायले भव्यताका साथ जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
लाहन नगरपलिकाले आयोजना गरेको जितिया ओट्घन तथा शुभकामना कार्यक्रम २०७९ मा थारु समुदायका महिला दिदी बहिनीहरू आफना जातिय पतिरणमा कार्यक्रम स्थलमा पुगेका थिए ।
थारु समुदायको बाहुल्यता रहेको लहान क्षेत्रका बिभिन्न टोल बस्तीबाट थारु समुदायका मानिसहरू तामझामका साथ कार्यक्रममा सहभागिताको लागि जादा केही समयको लागि लाहानमा चारैतिर खुशीयाली छाएको यूवा नेता तथा समाजसेवि प्रदिप दाहालले जानकारी दिनुभयो ।
थारु समुदायको सास्कृतिक पर्वको रूपमा परिचित जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा थारु समुदायको सास्कृतिक झल्किने नाच गान समेत प्रदर्शन गरिएको लाहानबाट हाम्रा संवाददाता हेम प्रसाद पासवानले जनाएका छन् ।
कार्यक्रममा थारु समुदायको वरिष्ट व्यक्तित्वहरुको सनेत सहभागिता रहेको कार्यक्रम स्थलबाट वीरेन्द्र यादबले जनाएका छन् ।






