मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
कृषि अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।।।
कृषि अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल भदाै 18 । “कृषिमा रुपान्तरण, संगठन बिस्तार र सुदृढिकरण” भन्ने मूलनाराका साथ राष्ट्रिय कृषक समूह महासंघ नेपालले सप्ताह व्यापी १२ औं स्थापना दिवस मनाएका छन् ।
मधेश प्रदेशको राजधानी शहर जनकपुरको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा माननीय मंत्री बिजय कुमार यादव ज्यूबाट मधेश प्रदेश स्तरिय संवाद कार्यक्रमसंगै उदघाटन सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा केएर नेपालको सहयोगमा सिरहा र सप्तरी जिल्लाका ५ वटा पालिकामा हालै संचालन गरेको रुपान्तरण र किसान परिचय पत्र परियोजनाको अभिमूखिकरण, महासंघले संचालन गर्दै आई रहेका नमूना अभ्यासहरु र सिकाई, किसानहरुले दूध तथा मासु मिसन कार्यक्रमबाट भुक्तानी नपाएका सवालहरु उठान गर्दैे, कृषि तथा भूमि व्यवस्थापन संसदीय समितिका सभापति माननीय मदन सेन श्रीवास्तव ज्यू, मन्त्रालयका सचिव डा. नम्रता सिंह ज्यूको आतिथ्यतामा महासंघका राष्ट्रिय अध्यक्ष नवराज बस्नेत लगायत मधेश प्रदेशका महासंघका तहगत संरचनाका पदाधिकारीहरुको सहभागितामा प्रदेश महासंघ अध्यक्ष मुक्ति नारायण यादव ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमले स्थानिय जनतालाई सकारात्मक प्रभाव परिरहेको अमिरलाल यादवले जानकारी दिनुभयो ।





