युवाहरुद्वारा चुनावी मैदानमा रामसुफललाई उमेदवारीको घोषणा गर्न माग ।।।

26Shares

युवाहरुद्वारा चुनावी मैदानमा रामसुफललाई उमेदवारीको घोषणा गर्न माग ।।।

      विनोद मण्डल  लहान ९   भदौ  ।  सरकारले घोषणा गरेको  प्रदेशमा हुन गइरहेको चुनावमा युवाहरुको प्रतिनिधित्वको रूपमा सिरहाको धनगढीमाई नगरपालिका स्थित नेकपा एमाले पार्टीका भातृ संगठनको रूपमा रहेको राष्टिय युवा संघ नेपाल धनगढीमाई नगर अध्यक्ष राम सुफल महतोलाई चुनावी मैदानमा ल्याउन जोडदार माग गरेका छन् । 

सिरहा क्षेत्र नं २ अन्तर्गत निर्वाचन क बाट सम्पूर्ण असहाय वर्ग, निमुखा जनता, गरीब, किसान, मजदुर , उत्पीडित र उत्पीडन वर्गका लागि डटेर लड्दै आएका राम सुफललाई उनको निडरता अनि जनताको हरेक समस्याको समाधानमा लागिरहने अदम्य साहसका कारण चुनावी मैदानमा नेकपा एमाले पार्टीका उच्च नेतृत्व पंक्तिले तत्काल लानुपर्ने आवस्यकता रहेको अवस्थामा गम्भीर भएर विचार गर्नुपर्ने युवाहरुको माग रहिआएको छ ।

हालसालै वर्षाको पानीले महेन्द्र राजमार्गसँग जोडिने ठटिया नैनपुर सडकको मध्य भागमा अर्थात् डुम खोला दक्षिणमा अवस्थित सडकको अवस्था जीर्ण बनेर आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा उनले उक्त सडक मर्मतमा देखाएको पहली कदमको चौतर्फी प्रसंशा भइरहेको अवस्थामा उनी प्रदेशको लागि उपयुक्त उम्मेदवार भएको हुनाले पार्टीले उनको कामहरूको मूल्यांकन गर्दै चुनावी मैदानमा ल्याउनुपर्ने महसुस भएको बुझिएको छ ।

लागू औषध नियन्त्रण, कृषिमा आधुनिकीकरण, कृषि क्रान्ति, युवालाई रोजगारी, अति विपन्न गरीब दलितको गास , बास र कपासको व्यवस्था, ब्लड बैंक, लगायत जनताको शिक्षा, स्वास्थ्य, खाध्यान र आवासको अधिकार प्राप्ति तथा जन बोलीको कदर गराउने जस्ता महत्वपूर्ण एजेण्डा लिई एउटा शिक्षित युवा अर्थात रामसुफल महतो जस्ता हस्ती राजनीति मैदानमा आएको खवरले नगरवासीहरुमा खुशी छाएको अवस्था रहेको देखिन्छ ।

युवाहरुको प्रतिनिधित्वको रूपमा परिचित राम सुफल एउटा अशल सामाजिक मार्ग दर्शक र राजनीतिक चिन्तकको रूपमा रहेको अशल छविका व्यक्तित्व भएको हुनाले यस्ता व्यक्तिलाई एमाले पार्टीले उनको योगदान अनि नेतृत्व क्षमताको आधारमा टिकेट दिनुपर्ने स्थानिय युवाहरुको माग रहेको अवस्थामा कन्जुस्याइँ नगरी राजनीतिक भूमिकामा उनलाई अघि सार्नु आजको आवश्यकता महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *