नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
भ्रष्टचारमा लिप्त बन्दै इकाई प्रमूख ।।।
भ्रष्टचारमा लिप्त बन्दै इकाई प्रमूख ।।।
विनोद मण्डल भदौ ९ । तत्कालीन जिल्ला शिक्षा कार्यालय सिरहा तथा हालका शिक्षा ईकाइ सिरहाको वास्तविकता बाहिरिएको छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालयमा घुसको व्यापक कारोवार भएर दरबन्दी मिलानको बाहानामा तत्कालीन कर्मचारीको मिलेमतोमा व्यापक घुसको चलखेल गरी राहत दरबन्दीको पद सिर्जना गर्ने , अस्थायी दरबन्दीमा आर्पि, विषय विज्ञ खोजेर आफ्नो मान्छेहरू नियुक्त गर्ने बाहिर स्वच्छ प्रतिस्पर्दा भनिए पनि वास्तविकतामा त्यसो नभएको विगतमा जिल्ला शिक्षा कार्यालय सिरहाको कर्मचारीमाथी अख्तियारमा निवेदन दर्ता भए पनि भ्रष्ट कर्मचारीलाई अख्तियारले उन्मुक्ति दिएको विगतको परिणाम आजभोलि अख्तियारलाई चुनौती दिँदै घुस खान पल्केका शिक्षा ईकाइ सिरहाका माथिल्लो कर्मचारी देखि तल्लो कर्मचारी कागज मिलाएर घुसको कारोवार गरिरहेका छन् ।
घूस खाने परिपाटीको लत लागेपछि सरुवा बढुवालाई पनि नियन्त्रण गर्न सकिन्छ । सिरहामा आजभोली यस्तै घुस लतका एक शाखा अधिकृत तलमाथी मिलाएर घुस खान सक्रिय भइरहेका ।
शिक्षा विकास तथा समन्वय इकाई सिरहाका रामबृक्ष महतोलाई निजामती किताब खानामा सरुवा गरिएको छ ।
नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९÷४÷१५ को निर्णय अनुसार रास्ट्रिय किताब खानामा कार्यरत देखाइरहेको छ तर, महतो सिरहा शिक्षा ईकाईमा रकम असुली गरिरहेका छन् ।
रामबृक्ष महतोले निजामती सेवा नियमावली २०५० को नियम ३९ र ४० बिपरित सिरहा इकाईमा घुस कारोबारमा सक्रिय छन् ।
महतोले शिक्षक सरुवा, बढुवा र कार्यालय कार्यमा नक्कली बील बनाएर घुसखोरीलाई तिब्र पारेको छ ।
नाम सार्वजनिक नगरिदिने सर्तमा एक शिक्षकले महतोको सरुवा भएपनि माथिलो निकायलाई मिलाएर थमोटीको चक्करमा छन् । महतो घुसखोरीमा सक्रिय हुँदा सिरहाका शिक्षक संघसंगठनले विरोध गरेको छ ।
पद्को दुरुपयोग गरि घुसखोरीमा सक्रिय रहेपनि सरोकारबाला निकाय मौन छन् । सरुवा भएको २१ दिनभित्र हाजिर हुन नगए बिभागिय कारबाही हुने व्यवस्था छ । महतोको हकमा यो लागु हुन्छ हुँदैन ? एक शिक्षकको प्रश्न छ । यसवारे महतोलाई मोबाइल नम्बर ९८५२८३१५१५ मा सम्पर्क गर्दा स्वीचअफ गरिएको छ ।






