रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21नेपाल प्रहरीको बार्षिकोत्सवमा हमाल सम्मानित ।।।
नेपाल प्रहरीको बार्षिकोत्सवमा हमाल सम्मानित ।।।
विनोद मण्डल भदौ ४ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं १२ घर भएका पाण्डव हमाल नेपाल प्रहरी श्रीमती संघको ३८औं बार्षिकोत्सव कार्यक्रममा सम्मानित हुनुभएको छ ।
बाैद्धिक तथा शैक्षिक व्यक्तित्वको रूपमा परिचित पाण्डव हमाल ज्यूले समाज कल्याण र शैक्षिक वातावरण कायम गराउन र उक्त क्षेत्रमा सुधारको लागि विगत लामो समयदेखि निरन्तर लागिरहनु भएका प्याब्सनका केन्द्रिय अध्यक्ष समेत रहनु भएका हमाल प्रहरी प्रधान कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा समानित हुनुभएको हो ।
कार्यक्रममा प्रहरी प्रशासनका उच्च अधिकारीहरुको सहभागिताका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी ज्युले सम्मानित गर्नु भएको हो ।
नेपालमा संस्थागत विद्यालयको शैक्षिक वातावरणलाई नजिकबाट नियाल्दै बालबालिकाको स्वर्णिम भविष्य कोर्न देशभरि अहम भूमिका निर्वाह गर्नु भएका हमालले समाजमा सकारात्मक परिवर्तनमा संस्थागत विद्यालयको तर्फबाट गर्नुभएको योगदानको मुल्यांकन गर्दै उहालाई नेपाल प्रहरी श्रीमती संघको कार्यक्रममा सम्मानित गरिएको हो ।
राष्ट्रका उच्च प्रहरी व्यक्तित्वहरु सहभागिता भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रहरी श्रीमती संघका महासचिव सुमन पोखरेल उपाध्यायले गर्नुभएको थियो ।