बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
प्रचण्डको गुनासो : पद प्रतिष्ठाका निम्ति मात्र प्रतिस्पर्धा हुन्छ
प्रचण्डको गुनासो : पद प्रतिष्ठाका निम्ति मात्र प्रतिस्पर्धा हुन्छ
३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा संघर्षमा जान होइन, पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो गरेका छन् ।
शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गरे ।
तर आजभोलि नमिठो अनुभव हुन थालेको भन्दै उनले भने, ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’






