मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
माओवादीको प्रतिक्रिया : राष्ट्रपतिले संविधान मिचेको भन्न मिल्दैन
माओवादीको प्रतिक्रिया : राष्ट्रपतिले संविधान मिचेको भन्न मिल्दैन
२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्न नमिल्ने प्रतिक्रिया दिएको छ ।
माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुलाई अहिले नै संविधान मिचेको भन्न नसकिने बताए
‘संवैधानिक रुपमा एक पटक पुनर्विचार गर्ने ठाउँ पनि राष्ट्रपतिलाई छ’, गुरुङले अनलाइनखबरसँग भने, ‘त्यसपछि पनि बारम्बार फिर्ता पठाउनु भयो भने संविधानको उल्लघंन गरेको भन्ने ठाउँमा पुग्न सकिन्छ । तर, यत्तिको आधारमा संविधान मिच्यो भन्ने अवस्था छैन ।’
सामान्यतया संसदले पारित गरेको विधेयक अलिहेसम्म प्रमाणीकरण हुँदै आएको भन्दै गुरुङले राष्ट्रपतिले पठाएको सन्देश आइपुगेपछि मात्रै पुनर्विचार गर्नुपर्ने विषयबारे थाहा हुने बताए ।
देव गुरुङ नागरिकता विधेयक






