नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिंदै
कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिंदै
३० साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।
निर्वाचित भएको ठीक तीन महिनापछि कांग्रेसले जनप्रतिनिधिहरूलाई काठमाडौं बोलाएर अभिमुखीकरण गर्न लागेको हो ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको आज दिउँसो ११ बजे ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।
सोमबार समापन हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरू पनि प्रशिक्षण दिनेछन् । कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख-उपप्रमुखको सहभागिता हुने कांग्रेसले जनाएको छ ।
अभिमुखीकरणका कारण कांग्रेसले निर्वाचित केन्द्रित देशव्यापी अभियानलाई पछि सारेर छोट्याएको छ । ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि सुरू गर्ने अभियान १० गतेका लागि तय गरेको हो ।
जनप्रतिनिधि नेपाली कांग्रेस






