मकै बालीमा ह्रास स्थानिय किसान चिन्तित ।।।

0Shares

मकै बालीमा ह्रास स्थानिय किसान चिन्तित ।।।

विनोद मण्डल आषाढ़ २० । सिरहाको उत्तरी पूर्वी क्षेत्रमा रहेको धनगढीमाई १४ का सबै भागमा मकै बालीको उत्पादनमा कमी आएको छ ।

करीब चार वर्षदेखि फौजी किराको कारण मकैको उत्पादनमा कमी आएको स्थानिय बुद्धिजीवी किसान दल बहादुर कार्की बताउनुहुन्छ ।

लगातार उत्पादन घटेपछि किसानहरुलाई एकातिर चिन्ता बढेको छ भने अर्कोतिर यसको नियन्त्रणको लागि कतैबाट पनि सहयोग भएको छैन । मकै उत्पादन सँगै पशुजन्य घरपालुवा जनावरलाई पाल्न कठिन भएको स्थानिय किसानहरूले बताएका छन् ।

उत्पादनको मारमा परेको किशानको मकै बारीमा बाँदरले दुःख दिँदा झन चिन्तित बनेका किसानले भएको मकै टिप्न नपाउँदै बाँदरले खाईदिएपछि स्थानिय किसानहरूले मकै बाली नलगाउने निर्णयमा समेत पुगेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *