भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
मकै बालीमा ह्रास स्थानिय किसान चिन्तित ।।।

मकै बालीमा ह्रास स्थानिय किसान चिन्तित ।।।
विनोद मण्डल आषाढ़ २० । सिरहाको उत्तरी पूर्वी क्षेत्रमा रहेको धनगढीमाई १४ का सबै भागमा मकै बालीको उत्पादनमा कमी आएको छ ।
करीब चार वर्षदेखि फौजी किराको कारण मकैको उत्पादनमा कमी आएको स्थानिय बुद्धिजीवी किसान दल बहादुर कार्की बताउनुहुन्छ ।
लगातार उत्पादन घटेपछि किसानहरुलाई एकातिर चिन्ता बढेको छ भने अर्कोतिर यसको नियन्त्रणको लागि कतैबाट पनि सहयोग भएको छैन । मकै उत्पादन सँगै पशुजन्य घरपालुवा जनावरलाई पाल्न कठिन भएको स्थानिय किसानहरूले बताएका छन् ।

उत्पादनको मारमा परेको किशानको मकै बारीमा बाँदरले दुःख दिँदा झन चिन्तित बनेका किसानले भएको मकै टिप्न नपाउँदै बाँदरले खाईदिएपछि स्थानिय किसानहरूले मकै बाली नलगाउने निर्णयमा समेत पुगेको बुझिएको छ ।






