बिगु गाउँपालिका ८ थाङ्मीचागुमा बृहत तरिकाले उभौली भुम्या पर्व मनाइँदै ।।।

0Shares

बिगु गाउँपालिका ८ थाङ्मीचागुमा बृहत तरिकाले उभौली भुम्या पर्व मनाइँदै ।।।

थाङ्मीचागु डटकम सम्बादाता ।।।

थाङ्मीचागु डटकम संवाददाता २०८० बैशाख ५ सोमबार
दोलखा । निको युगन्तकारी थाङ्मीचागु युवा मंचको पहलमा उभौली भुम्या पर्व मनाउने भएको छ ।

युवा मंचले आज बिगु ८ थाङ्मीचागुमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई भर्चुल बैठक बोलाई भेट घाटघाट गरि जेठ २१ गते उभौली भुम्या पर्व मनाउने बारेमा छलफल गरेको हो ।

अफिसमा भएको छलफलमा थाङ्मीचागु स्थित विभिन्न संघ संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्तिथीमा थाङ्मीचागु युवा मंचको प्रमुख संयोजकत्वमा कार्यक्रम हुने गरि दुइ संयोजक समिति सहित गठन गरेका छन् ।

कार्यक्रममा उभौली भुम्या पर्व कार्यक्रमलाई सादाझै यस बर्ष पनि भब्यताको साथ सफल पार्न सम्पूर्ण थाङ्मीचागु स्थित थाङ्मी समुदाय संघ संस्था जुट्नु पर्ने बताउदै थाङ्मीचागुमा रहेको संघ संस्थाहरु संग सहकार्य र हातोमालो गर्नु आबस्यक रहेको निको युगान्तकारी थाङ्मीचागु युवा मंच निको थाङ्मीचागु सहकारी संस्था लि.का संस्थापक सन्तोष ठान्टी थाङ्मीले बताउनु भयो ।

छलफलले निको युवन्तकारी थाङ्मिचागुको युवा मञ्च प्रमुख संयोजकमा कार्यक्रम हुने गरि तिन संयोजक समिति समेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *